Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सोविता गौतमलाई गृहमन्त्रीको प्रश्न - प्रधानमन्त्रीसँग स्पेन गएका को–को फर्किएनन् ?

सोविता गौतमलाई गृहमन्त्रीको प्रश्न - प्रधानमन्त्रीसँग स्पेन गएका को–को फर्किएनन् ?

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका को–को फर्किएका छैनन्, त्यसबारे सरकारलाई जानकारी दिन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभामा संसद्‍मा उठेका विषयमा जवाफ दिँदै उनले भने–‘प्रधानमन्त्रीको भ्रमण टोलीमा गएर नफर्किनेहरु को को रहेछनन् ? त्यसको सूचना दिनुहोला ।’

संसदमा विचार राख्दा जिम्मेवार भएर मर्यादित विषयवस्तुलाई राख्दा राम्रो हुने भन्दै उनले भने–‘प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ । हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित भएर राख्दा राम्रो हुन्छ।’

प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने सदस्यबारे मन्त्रिपरिषद्को निर्णय हुने जानकारी गराउँदै उनले भने–‘प्रधानमन्त्रीको औपचारिकरुपले विदेश भ्रमण हुँदा उहाँको प्रतिनिधिमण्डलामा जाने सदस्यको मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जाने हुन्छ। म माननीयलाई आग्रह गर्न चाहान्छु, को–को जानु भएको थियो, को फर्किनुभएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो।’

मंगलबार संसद्‍मा यसबारे कुरा उठाएकी रास्वपा सांसद सोविता गौतमले भने आजको बैठकमा आफूले प्रधानमन्त्रीसँग सँगै गएका नफर्किएको नभनेको तर त्यही कार्यक्रममा गएका धेरै नेपाली नफर्किएको भन्दै स्पष्टीकरण दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077