Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रहरीका लागि शौचालय बनाउन नसक्ने सरकारले कमिसनको चक्करमा घातक हतियार किन्दै छ : सांसद ज्वाला

प्रहरीका लागि शौचालय बनाउन नसक्ने सरकारले कमिसनको चक्करमा घातक हतियार किन्दै छ : सांसद ज्वाला

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले बिचौलियाको स्वार्थमा लागेर प्रहरीका लागि घातक हतियार किन्न लागेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बौल्दै उलने प्रहरीलाई उद्धारमा आवश्यक सामग्री दिनुको साटो हतियार किन्नतिर लागेको उल्लेख गरे।

प्रहरीका लागि शौचालय व्यवस्थापन गर्ने नसक्ने सरकार कमिसनकै खेलमा लागेर घातक हतियार किन्न उद्दत भएको उनको आरोप थियो ।

सरकार उल्टो दिशातिर हिँडिरहेको समेत आरोप लगाउँदै उनले भने–‘यतिबेला प्रहरीका लागि २०८ कार्यालयमा शौचालय छैनन्। ४२१ कार्यालय भवन बाँकी छैनन् । उनीहरुलाई ज्यादै न्यून क्वालीटीको पोशाक दिइन्छ। त्यसरी नै विपद्‍बाट जनतालाई जोगाउन अत्यावश्यक उद्धार सामग्रीको अभाव छ। तर, सरकार उल्टो दिशातिर हिँडिरहेको छ। हतियार खरिदबारे गृहमन्त्रीले संसद्‌मा तत्काल आएर जवाफ दिनुपर्छ।’
संसद बैठकमा बोल्दै ज्वालाले भने–‘सरकारले तीन वर्षअघि नै विवादति भएर स्थगित गरेको ठेक्का बिचौलियाको स्वार्थमा ब्युँताएर प्रहरीका लागि डेढ अर्बको हतियार किन्ने तयारी गर्दै छ भन्ने सूचना सार्वजनिक गर्दै छ । हतियार किन्नकै लागि यसपटकको बजेटमा पनि १ अर्ब ९ करोड बिनियोजन गरिएको छ। माग गरिएका दमकल, गोताखोर सामग्री, मोटरबोर्ड, आपतकालीन उद्धार सामग्री होइन, सरकार घातक हतियार र उपकरण किन्न उद्धत छ।’

त्यस्तै सशस्त्र प्रहरीको हतियार किन्न पनि पहिले नै खारेज भएको सम्झौता ब्युँताउन खोजिएको सांसद ज्वालाको दाबी छ। उनले भने–‘अर्कोतर्फ सशस्त्र प्रहरीका लागि ३ वर्षअघि खोलिएको एलसीबाट हतियार किन्न खोजिएको छ, जुन गैरकानूनी छ । त्यतिबेला मन्त्रिपरिषद्बाट त्यो खारेज गरिएको थियो। अहिले फेरि खरिद नियमावली संशोधन गरेर बदर भएको सम्झौता ब्युँताएर म्याद थपिएको छ।’

अहिलेकै प्रधानमन्त्रीले त्यतिबेला हतियार खरिद गर्ने कुराको विरोध गरेको स्मरण गर्दै अहिले कमिसनका लागि अघि बढाउन खोजेको हो ? भनेर प्रश्न समेत गरे।

उनले भने–‘यही ठेक्कामा त्यतिबेला खरिदमा कमिसन खान लागेको भनेर अहिलेका प्रधानमन्त्रीले विरोध गर्नुभएको थियो । उहाँका कार्यकर्ताले सडकमा चर्का नारा लगाएका थिए। के आफैले विरोध गरेको परियोजना कमिसनको चक्कर पुनः अघि बढाउन थालिएको हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077