विराटनगर । मोरङ जिल्ला कारागारमा जबरजस्ती करणी अभियोगमा थुनामा रहेका एक बन्दीको उपचारको क्रममा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–५ निवासी ४० वर्षीय सन्तोष पालको बुधबार दिउँसो कोशी अस्पतालमा निधन भएको हो ।
उनी २०८१ मंसिर ११ गतेदेखि कारागारमा थुनामा थिए । उनको मुद्दा हाल मोरङ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको थियो ।
पालको शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या देखिएपछि १२ असारमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
मोरङ कारागारका जेलर गौरव ढुंगेलका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको हो ।