काठमाडौं । पेरिस सेन्टजर्मेन (पीएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ ।
न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा गएराति रियल मड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च टोली उपाधि नजिक पुगेको हो ।
पीएसजीलाई उपाधि नजिक पुर्याउन फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १र१ गोल गरे ।
अब उपाधिका लागि पीएसजीले आइतबार चेल्सीसँग खेल्नेछ ।