Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मोरङबाट उखु घारीभित्र लुकाइएको अवस्थामा ८०२ किलो गाँजा बरामद

मोरङबाट उखु घारीभित्र लुकाइएको अवस्थामा ८०२ किलो गाँजा बरामद

बिहिवार , आषाढ २६, २०८२

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय रंगेली, गडेरीया नोचा प्रहरी चौकी, अमाहीबरीयाती प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति ८०२ किलो गाँजा फेला पारेको हो ।

गाजा २६ वटा बोरामा प्याक गरेर उखु घारीभित्र लुकाइएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र रूपमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077