Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआईसी एशिया बैंकले ग्रहकहरुलाई भन्यो–खातामा प्यान अद्यावधिक गर्नुस्

एनआईसी एशिया बैंकले ग्रहकहरुलाई भन्यो–खातामा प्यान अद्यावधिक गर्नुस्

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले आज एक विज्ञप्ति जारी गरी बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न अनुरोध गरेको हो ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘ग्राहक महानुभावहरूले बैंकको पोर्टल उबलगउमबतभ।लष्अबकष्बदबलप।अयm वा मोबाइल बैंकिङ्ग एप ९ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप० मा रहेको “एब्ल् ग्उमबतभ” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।’

निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।

‘उक्त प्यान अद्यावधिक भएपश्चात् ग्राहकहरूको करकट्टीको विवरण (इटीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ,’ विज्ञप्तिमा भनिएको छ–‘जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।’

ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले इटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराएको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077