Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्सालमा खुल्यो सी–कार, क्याफेको मजा लिंदै रिकण्डिसनदेखि चार्जिङ स्टेसनसम्मको सेवा पाइने

नक्सालमा खुल्यो सी–कार, क्याफेको मजा लिंदै रिकण्डिसनदेखि चार्जिङ स्टेसनसम्मको सेवा पाइने

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य सहित नेपालकै अटो हब नक्सालमा ‘सी–कार’ सञ्चालनमा आएको छ ।

आज आयोजित एक औपचारिक समारोहकाबीच महानायक राजेश हमालले सी–कारको शुभारम्भ गरेका छन् ।

सी–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको शोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेशन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सी–कारका संस्थापक रोशन घिमिरेले बताएका छन् ।

शुभारम्भ अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धी एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने बताए ।

कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाईडीको नयाँ शोरूमले ग्राहकलाई सहज हुनेछ । साथै सी–कारमा विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् ।

ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेन्जका पनि सुविधा पाउनेछन् ।

कम्पनीले सवारी खरिदबिक्रीका साथै सी–कार परिसरमा चार्जिङ स्टेशन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ आधा दर्जत विद्युतीय सवारी चार्ज गर्न सकिनेछ ।

कम्पनीले यसका लागि द्रुत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । त्यति मात्रै होइन, ग्राहकले सी–कार परिसरमै रहेको इटालियन रेस्टुराँको खानाको मज्जा लिन पनि सक्नेछन् ।

सी–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुने संस्थापक घिमिरेले बताए । ४ रोपनी क्षेत्रमा फैलिएको सी(कारमा करिब ५० जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ । संस्थापक रोशन घिमिरेका अनुसार सि–कारले सवारी क्षेत्रका अधिकांश आवश्यकता पूरा गर्ने उद्देश्य बोकेको छ।

ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रूपमा सम्पूर्ण जिम्मेवारी कम्पनीले लिने पनि घिमिरेको भनाई छ ।

साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले ब्लुबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी–कारमार्फत सवारीको बीमा गर्नेले ब्लुबुक नवीकरणको पनि सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077