Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

बिहिवार , आषाढ २६, २०८२

काठमाडौँ । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा सार्क देशका सबैको स्थान खस्किएको छ । नयाँ वरीयता अनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय ३३, माल्दिभ्स १ सय ७१औं स्थानमा छन् ।

नेपालभन्दा तल बङ्गलादेश १ सय ८४, भूटान १ सय ८६, श्रीलङ्का १ सय ९६ र पाकिस्तान २ सय १औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077