Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लगातार दोस्रो दिन बढ्यो सेयर बजार

लगातार दोस्रो दिन बढ्यो सेयर बजार

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ ।

आज माई खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.१५ प्रतिशतका दरले कमाएका छन् । यस्तै, मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन एनआरएनको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

दोस्रोमा बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँ र तेस्रोमा सानिमा बैंकको २६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भयो ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077