Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विद्यालय भवन निर्माणमा भ्रष्टाचार : जिशिअद्वय चापागाईं र भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर

विद्यालय भवन निर्माणमा भ्रष्टाचार : जिशिअद्वय चापागाईं र भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । खोटाङको जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराई, लेखापाल सुरेश कुमार श्रेष्ठ, दुई विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष दिलीप कुमार राई र चर्चबहादुर विश्वकर्मासहित निर्माण कार्यमा संलग्न बबेन्द्र राई लगायतलाई प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिका–४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयको ४ कोठे आरसीसी भवन निर्माणका लागि ३२ लाख १० हजार रुपैयाँ अनुदान प्रदान गरिएको थियो ।

तर सम्झौता विपरीत गुणस्तरहीन सामग्री प्रयोग गरी अपूर्ण र प्रयोगविहीन संरचना निर्माण गरिएको पाइएको छ। उनीहरूविरुद्ध ३० लाख ५० हजार रुपैयाँ बिगो मागसहित भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077