Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतको बेंगलुरुमा लाखौं रुपैयाँ र गरगहना चोरी : कैलालीमा बरामद, दुईजना पक्राउ

भारतको बेंगलुरुमा लाखौं रुपैयाँ र गरगहना चोरी : कैलालीमा बरामद, दुईजना पक्राउ

बिहिवार , आषाढ २६, २०८२

कैलाली । भारतको बेंगलुरुस्थित एस. रमेश बाबुको घरमा भएको चोरी प्रकरणमा संलग्न नेपाली नागरिकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्ट रहेका छन् ।

२०२५ मे २८ मा बेंगलुरुस्थित रमेश बाबुको घरमा काम गर्दै आएका नेपाली कामदार उदय बिष्टले साथीसहित चोरी गरेको भारतीय प्रहरीको सूचनामा आधारित रही कैलाली प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उदय बिष्ट र भैरे बिष्टलाई पक्राउ गरी सोधपुछ गर्दा चोरी पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा ती दुबैले आफ्नो हिस्साको गरगहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको खुल्न आएको हो ।

उनीहरुको साथबाट सुनजस्तो देखिने ९ थान चुरा, सुनजस्तो देखिने वस्तु ४६४ ग्राम, सुनजस्तो देखिने साना–ठूला टुक्रा २३ थान, सुन २१६ ग्राम र चाँदी ४०० ग्रामसहितका विभिन्न गरगहना, ४४ हजार १२१ भारतीय रुपैयाँ, १२ लाख ९२ हजार ३२० नेपाली रुपैयाँ र १५ हजार ४६५ बराबरका अन्य विदेशी मुद्रा बरामद गरिएको छ ।

बरामद गरिएका सामग्रीहरू बिहीबार स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित रमेश बाबुलाई बुझाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077