Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउँदै काठमाडौं महानगर

२५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउँदै काठमाडौं महानगर

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ बराबर निर्धारण गरेको छ ।

आज बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो।

सो क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए।

काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकमा प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।

चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

बैैठकले पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077