Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यू–१६ इस्ट जोन कप विजेता खेलाडीलाई क्यानले जनही ५० हजार दिने

यू–१६ इस्ट जोन कप विजेता खेलाडीलाई क्यानले जनही ५० हजार दिने

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

क्यानका अनुसार टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो ।

गएको शनिवार भएको फाइनलमा सिङ्गापुरलाई हराउँदै नेपाली युवा टोलीले उपाधि जितेको थियो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077