Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक, नगर सभा असार २९ गते

एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक, नगर सभा असार २९ गते

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ । महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् ।

६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरे । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे ।

बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए । अन्य विषय केही नभएर बैठक सम्पन्न भएको घोषणा गर्दै उनी उठेर हिँडेका थिए ।

यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख बजेटको सीमा निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077