Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेसमा विवाद : केन्द्रले खनाललाई १ वर्षका लागि निकाल्दा कँडेल जिल्लाबाट ५ वर्षका लागि निष्कासित

कांग्रेसमा विवाद : केन्द्रले खनाललाई १ वर्षका लागि निकाल्दा कँडेल जिल्लाबाट ५ वर्षका लागि निष्कासित

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । नेपाली कांग्रेस नवलपरासीमा विवाद सिर्जना भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो ।

खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी अनुशासन आयोगले कारबाही गरेपछि त्यसको प्रतिक्रिया स्वरूप जिल्ला समितिले संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेललाई कारबाही गरेको छ । कँडेल पूर्वगृह राज्यमन्त्री समेत हुन् ।

अनुशासन आयोगमा खनालमाथि कारबाहीको सिफारिस गर्न कँडेलले अगुवाइ गरेको आरोप जिल्ला समितिको छ ।

बर्दघाटमा पत्रकार सम्मेलन गरेर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

जिल्ला अनुशासन समितिले २९ वैशाखमा कँडेललाई कारबाही गरेको भए पनि बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कारबहीलाई अनुमोदन गरेको उनको भनाइ छ ।

कँडेललाई कारबाही गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बर्दघाट नगर समिति, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समिति र जिल्ला कार्यसमिति नेतृत्व उपस्थित थिए ।

उनीहरूले खनालमाथिको कारबाही तत्कालै फुकुवा नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार केन्द्रीय समिति हुने निर्णय गरेको बताए ।

पार्टी केन्द्रको कारबाहीमा परेका प्रदेश महामन्त्री खनालले १३ वर्षको उमेरदेखि पार्टीमा क्रियाशील आफूलाई धन र डनको बलमा केन्द्रबाट कारबाही गरिएको तर जिल्लाको बहुमत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले विद्यार्थी उमेरदेखि पार्टीमा निरन्तर योगदान दिएका खनाललाई पार्टीका केही व्यक्तिले प्रतिशोध साँधेर कारबाही गरेको बताए ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालविरुद्ध गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले जितेका थिए भने कँडेल राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजार मतान्तरले पराजित भएका थिए ।

खनाललाई कारबाही गरिएको भन्दै आज नवलपरासीमा विरोध सभासमेत आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077