Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

‘श्री ५’ भन्नु व्यक्तिगत आस्थाको विषय हो, कानुनसँग जोडिएको छैन : राजेन्द्र लिङ्देन

‘श्री ५’ भन्नु व्यक्तिगत आस्थाको विषय हो, कानुनसँग जोडिएको छैन : राजेन्द्र लिङ्देन

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'श्री ५' को रूपमा सम्बोधन गर्नु व्यक्तिगत आस्थाको विषय भनेका छन् । लिङ्देनले सामाजिक सञ्जालमार्फत यो विषय संविधान वा कानुनसँग नजोडिएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो। यो संविधान र कानुनको विषय होइन। नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रुपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रुपमा सम्मान गर्छु।’

उनले पूर्वराजालाई श्री ५ भनेर सम्बोधन गरेकै आधारमा कसैलाई पक्राउ गर्ने, सोधपुछ गर्ने वा थुनामा राख्ने कार्यलाई गैरराजनीतिक र गैरप्रजातान्त्रिक भएको ठहर गरेका छन् ।

‘राजा ज्ञानेन्द्रलाई श्री ५ ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077