Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान पराजित

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान पराजित

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भुटानलाई ६-१ गोलले पराजित गरेको छ ।

ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा पूर्णिमा राईले ह्याट्रिकमा भुटान ६-१ गोलले पराजित भएको हो ।

यस्तै नेपालको जितमा सेनु परियारले दुई थपिन् । भुटानका लागि केल्डेन वाङ्मोले गोल गरिन् ।

डबल राउन्ड रोबिन लिग पद्धतिअनुसार हुने प्रतियोगितामा नेपालले जुलाई १३ र २१ मा बंगलादेशसँग, जुलाई १५ र १७ मा श्रीलंकासँग र जुलाई १९ मा पुनः भुटानसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077