Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको छ : मन्त्री चौधरी

सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको छ : मन्त्री चौधरी

शनिवार , आषाढ २८, २०८२

विराटनगर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

शनिबार कोशी प्रदेश खेलकुद बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको बताए ।

उनका अनुसार सरकारले विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन करोड बजेट विनियोजन गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरेको छ।

मन्त्री चौधरीले ६ अर्ब बजेट मध्ये ४ अर्ब खेलकुद क्षेत्रका पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077