Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

चीनबाट फर्किएपछि झलनाथ खनालले भने - रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो

चीनबाट फर्किएपछि झलनाथ खनालले भने - रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको आरोप लगाएका छन् ।

चीन भ्रमण सकाएर शनिबार स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग बोल्दै सो आरोप लगाएका हुन् ।

उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैनन् भन्न आफूले नसक्ने स्पष्ट पारे । तर, लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनले आरोप लगाए ।

“मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र ! तर, रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महसुस छ,” उनले भने ।

सहकारी ठगी प्रकरणमा अदालतको आदेशबाट लामिछाने हाल थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077