Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

न्याय मरेको देश भन्दै रेशम चौधरीले भने–हत्याराहरु सरकारमै छन् तर, सबैभन्दा ठूलो हत्याको बिल्ला मैले भिर्नुपरेको छ

न्याय मरेको देश भन्दै रेशम चौधरीले भने–हत्याराहरु सरकारमै छन् तर, सबैभन्दा ठूलो हत्याको बिल्ला मैले भिर्नुपरेको छ

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले मान्छे मार्नेहरू सरकारमा सँगै रहेर मान्छे मारेको स्वीकार गर्दा पनि सरकारले उनीहरुलाई यत्तिकै छोडिएको दावी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले आफू टिकापुर घटनाका बेला घटनास्थलमै नरहेको दोहोर्‍याए ।

आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले मान्छे नमार्ने थारु हत्यारा भएको तर मान्छे मार्नेहरू सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको बताए ।

उनले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा उनले भने–‘हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौं । मान्छे मार्नेहरू उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मार्‍यौं पनि भन्छन् । बडा पीडा छ । न्याय मरेको देश । अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ?

म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु । बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा मर्‍यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077