Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

अबको एक वर्ष म प्रधानमन्त्री त्यसपछि देउवालाई हस्तान्तरण : ओली

अबको एक वर्ष म प्रधानमन्त्री त्यसपछि देउवालाई हस्तान्तरण : ओली

शनिवार , आषाढ २८, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने दोहोर्याएका छन् ।

झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई आज जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार नढल्ने बताउँदै आफू अझै एक वर्ष प्रधानमन्त्री हुने दावी गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने–‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराऊन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमतिबमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’

उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै विधेयक पारित गरिने बताउँदै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित भएको बताए ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले गरेको कार्यक्रममा सो पालिकाका २०० जनालाई जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077