Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्रीले चेतावनी दिएको दुई दिनमै एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला

प्रधानमन्त्रीले चेतावनी दिएको दुई दिनमै एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरुको अक्सनमा सहभागी हुन खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ।

नेपाल क्रिकेटसंघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरुलाई अक्सनमा सहभागी हुन अनुरोध गरेको हो ।

दर्ता शुल्क प्रतिखेलाडी १ हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम म्याद साउन ६ गते सम्म रहेको छ।

हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीहरूले अनलाइन(https://npl-t20.com/registration) मार्फत दर्ता गर्नुपर्नेछ।

अक्सनका लागि खेलाडीहरूलाई तीन श्रेणी (ए, बी र सी) मा वर्गीकरण गरिएको छ।

खेलाडीहरूले आफ्नो इच्छा अनुसार उपयुक्त श्रेणी रोजी नाम दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र राजनीति गर्ने थलो होइन भन्दै खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लाई चेतावनी दिएको पर्सीपल्टै क्यानले सूचना जारी गरेको हो ।

एनपीएललाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेको छ ।

मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न आफू निकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।

सोही कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो।

सोही विषयमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले विहिबार खेलकुद मन्त्रीलाई खेल क्षेत्रमा राजनीति नगर्न चेतावनी दिएका थिए ।

एनपीएलको भब्य तयारी हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भनेका थिए–‘एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ। देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077