काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार बेलुका ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ ।
साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो ।
सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।
बङ्गलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ ले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६(१ ले हराएको थियो ।
डबल राउन्ड रोबिनमा भएको जारी प्रतियोगितामा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले नै उपाधि जित्नेछ।