Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्यपालिकाबाट काठमाडौं महानगरको बजेट पारित

कार्यपालिकाबाट काठमाडौं महानगरको बजेट पारित

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ ।

आज बिहान बसेको कार्यपालिका बैठकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

कार्यपालिकाले पारित गरेको बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस हुनेछ ।

नगर सभामा पेस हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट पास गरेको हो ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । सोही सिमा रहेर बजेट आएको कार्यपालिका स्रोतले जानकारी दिएको छ ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077