Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

लिङ्देनका विरुद्ध निर्वाचन आयोग पुगेका डा. लोहनीले भने–ढुक्क हुनुस् पार्टी फुट्दैन

लिङ्देनका विरुद्ध निर्वाचन आयोग पुगेका डा. लोहनीले भने–ढुक्क हुनुस् पार्टी फुट्दैन

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनी अहिले निर्वाचन अयोग पुगेका छन् ।

विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेपछि लोहनीसहितका असन्तुष्ट पक्षका नेताहरू आइतबार निर्वाचन आयोग पुगेका छन्।

राजावादी आन्दोलन बलियो आउने भन्दै उनले आन्दोलन भनेको चिया खाएको जस्तो कुरा नभएको बताए ।

आन्दोलन नभएसम्म नेपालमा सन्तुलन नआउने उनको भनाइ छ । उनले भने–‘संविधानभित्रको राजसंस्था र त्यसको पहिचान स्थापना नगरेसम्म यो सन्तुलन आउँदैन । त्यसका लागि जमिन उर्बर छ । त्यसो गर्ने हामी सबै मिलेर हो ।’

निर्वाचन आयोग परिसरबाटै उनले पार्टी नफुट्ने भन्दै ढुक्क हुन अग्रह समेत गरे ।

उनले भने–‘पार्टी फुट्दैन । ढुक्क हुनुस् । पार्टीभित्र न्याय भयो भने पार्टी बलियो हुन्छ । पार्टी सबैको हो र यसलाई हामी सबैले मिलेर अगाडि बढाउनुपर्छ ।’

जहानिया शासन गइसक्यो भन्दै कारबाही गर्ने भए विधान अनुसार गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077