Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उदार माैद्रिक नीतिले शेयर बजारमा हरियाली

उदार माैद्रिक नीतिले शेयर बजारमा हरियाली

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ३१.०८ अंकले बढेर २७६२.८८ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड १४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख ५३ हजार रुपैंया, सानिमा बैंकको २५ करोड १८ लाख ३२ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २४ करोड ८८ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077