Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्तिम मिनेट सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

अन्तिम मिनेट सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेट सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आइतबार सम्पन्न खेलमा घरेलु टोलीले ३–२ को कठिन जित हात पारेको हो।
सिन्हा शिखाले १४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् । ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।

२–० ले पछि परेको नेपाल खेलमा फर्किएपनि इन्जुरी समयको अन्तिममा सम्हालिन सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई जितको बाटो दोहोर्‍याइन् ।

लगातारको दोस्रो जितसँगै बंगलादेशले उपाधि सम्भावना बलिएको बनाएको छ।

बंगलादेशले पहिलो खेलमा श्रीलंकामाथि ९–० को फराकिलो जित निकाल्दै सानदार सुरुआत गरेको थियो।

बंगलादेशलाई पराजित गर्दै नेपाललाई शीर्ष स्थानसँगै उपाधि सम्भावना बलियो बनाउने मौका थियो। तर, भुटानमाथि ६–० को सानदार जित हात पारेको नेपाल अन्तिम ५ सेकेन्डमा डिफेन्स लाइनमा नराम्ररी चुम्यो।

योसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ। यद्यपि, नेपालले माल्दिभ्स र श्रीलंकासँग खेल्न बाँकी छ। बंगलादेशले पनि भुटान र माल्दिभ्ससँग खेल्न बाँकी छ। यी सबै टोली बंगलादेश र नेपालको तुलनामा कमजोर हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077