काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । हिजो भएको फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।
अमेरिकाको मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । चेल्सीको जीतमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।
पीएसजीले पाएको अवसरमा गुमायो । दोस्रो हाफको ८५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि दर्शकको रूपमा मेटलाइफ स्टेडियममा उपस्थित थिए ।