Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चाँदीको मूल्य हालसम्मकै उच्च, सुनको पनि बढ्यो

चाँदीको मूल्य हालसम्मकै उच्च, सुनको पनि बढ्यो

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । ३० रुपैयाँ मात्रै बढेको चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार तीनसय १५ रुपैयाँ छ।

चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

सुनको मूल्य आज पनि बढेको छ। आइतबार प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलाको चारसय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ९२ हजार नौसय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077