Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पेट्रोलको मूल्य एकैपटक पाँच रुपैयाँ घट्यो

पेट्रोलको मूल्य एकैपटक पाँच रुपैयाँ घट्यो

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।

निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

आईओसीबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि सोही अनुसार समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077