Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत

वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याइएको स्पष्ट पारे।

उनले परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनामा सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा सार्वजनिक ऋणको चाप कम गर्न, रोजगारी प्रवर्द्धन र दिगो आर्थिक विकासका लागि कानुनी आधार तयार गर्न विधेयक अगाडि बढाइएको बताए।

उपप्रधानमन्त्री पौडेलले विधेयकले विकासको गतिलाई तीव्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

उनले विकासका निम्ति वैकल्पिक वित्तको परिचालन गर्नुपर्ने नीति आवश्यक भएकाले विधेयक ल्याइएको बताए। प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ७ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077