Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

स्पेन गएर नफर्किएहरूका बारेमा अनुसन्धान सुरु भइसकेको छ : प्रवक्ता गुरुङ

स्पेन गएर नफर्किएहरूका बारेमा अनुसन्धान सुरु भइसकेको छ : प्रवक्ता गुरुङ

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीभन्दा बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत भएको दावी गर्दै भने–‘प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिस नफर्किएको भन्ने आरोप निराधार हो ।’

स्पेन प्रकरणको छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा छानविन समिति गठन भएको हो ।

[insert page='356619' display='yopanipadhnuhos.php']

समितिले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानविन गर्नेछ ।

समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077