Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोट सामुदायीक होमस्टेमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोट सामुदायीक होमस्टेमा १० प्रतिशत छुट

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच बैंकका ग्राहक महानुभावहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहक महानुभावहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077