Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एमालेको केन्द्रीय तहमै भए पनि विचौलियाहरूको पार्टी सदस्यता निलम्बन गर्नुपर्छ : समिक बडाल

एमालेको केन्द्रीय तहमै भए पनि विचौलियाहरूको पार्टी सदस्यता निलम्बन गर्नुपर्छ : समिक बडाल

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले विचौलियाहरूको पार्टी सदस्यता निलम्बन गर्नेपर्ने बताएका छन् ।

एमालेका दुई मन्त्रीका एकपछि अर्को घुस काण्ड सार्वजनिक भएपछि उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले विचौलियाहरू एमालेको केन्द्रीय तहमै भए पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्ने बताए ।

मन्त्री पद ठूलो नभई निष्ठा र आदर्श मुख्य कुरो भएको उनको भनाइ छ । 'मन्त्री पद ठूलो होइन मुख्य कुरो निष्ठा र आदर्श हो । विचौलियाहरू नेकपा एमालेको केन्द्रीय तहमै छन् भने पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्छ,' उनले लेखेका छन् ।

घस प्रकरणको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताले मङ्गलबार मात्रै पदबाट राजीनामा दिएका छन् भने एमालेकै कोटाबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि ३२ लाख लिएको अडिओ बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077