Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गत आर्थिक वर्षमा ११ खर्ब ७८ अर्ब राजस्व संकलन, १३ प्रतिशतले वृद्धि

गत आर्थिक वर्षमा ११ खर्ब ७८ अर्ब राजस्व संकलन, १३ प्रतिशतले वृद्धि

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । आव २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ। आव २०८०/०८१ को भन्दा यो १३.३३ प्रतिशतले बढी हो । आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो ।

आव २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो। संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको बताए।

‘तयारी सुरु गरिसकेका छौँ। चालू आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ,' उनले भने। चालू आवमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077