काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय च्यासलमा बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ । आज बस्ने बैठकमा अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भबारे छलफल हुने छ ।
एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ।
त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् ।