Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विद्यालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अवस्था नै छैन : ओली

विद्यालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अवस्था नै छैन : ओली

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भनेर पार्टीले निर्णय लिने बताएका छन्।

पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्कने विषयमा आफूसँग सल्लाह पनि नगरेको गुनासो गरेका छन् ।

अन्तर्वार्तामा ओलीले भनेका छन्–‘यसमा उहाँले अरूसँग मलाई थाहा छैन, मसँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन, कुनै मौखिक वा लिखित पार्टीमा केही गर्नु भएन ।

पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेकी थिइन्। यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने–‘यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ। किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन। हामीले पठाएको हो, राष्ट्रपति उम्मेदवार हुने भनेपछि पार्टी छाडेर जानुभयो, त्यसअघि हाम्रो उपाध्यक्ष नै हो।’

पत्रकार पाण्डेले प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति राजनीतिमा आएकोबारेमा पार्टीले संस्थागत निर्णय गर्छ कि गर्दैन भनेर पनि सोधेका छन्। जबाफमा प्रधानमन्त्री ओलीले–‘निर्णय त गर्नैपर्छ, उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले नैतिक रूपमा आउन हुन्छ कि हुँदैन। गणतन्त्र, समाज, राजनीति, व्यवस्था र उहाँकै जीवनमा के असर पर्छ यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्छ सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै।’

यो कतै तपाईंले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि सुविचारितरूपमा लिएको रणनीति त होइन ? भन्ने प्रश्नमा ओलीले स्पष्ट रुपमा नकार्दै हाँस्दै भनेका छन्–‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन। किनभने एक त उहाँ राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको र मानेको अवस्था नै छैन। दोस्रो, पार्टी काम छाडेर उहाँ धेरै वर्ष नै बाहिर जानुभएको छ, नेतृत्वमा बसेर काम गरेको अनुभव छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077