Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

बिहिवार , श्रावण १, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

बिहीबार दाहाल निवास खुमलटारमा दुई नेताबीच कुराकानी भएको हो । उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

दुई नेताले छलफलमा कांग्रेस-एमाले गठबन्धन सरकारले एक वर्षमा कामभन्दा बढी बदनाम गरेको भन्ने साझा धारणा बनाएका छन् ।

सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको, भ्रष्टाचार र बेथिति मौलाउँदै गएको, कानुन र मापदण्डविपरीत रानीतिक नियुक्ति दिन थालिएका जस्ता विषयमा कुराकानी बताइएको छ ।

नेता कोइराला सत्तारुढ दल कांग्रेसका नेता हुन् । तर पनि उनले वर्तमान सरकारको सार्वजनिक रूपमै आलोचना गर्ने गरेका छन् । उक्त भेटघाटमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077