Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब १९ हजार ५५० पाउने

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब १९ हजार ५५० पाउने

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब १९ हजार ५५० रुपैयाँ तोक्ने निर्णय गरेको हो ।

श्रमिक प्रतिनिधि, रोजगारदाता तथा सरकारी पक्षबीच भएको छलफलपछि उक्त निर्णयमा पुगिएको हो। अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २ सय ५० रुपैयाँ बढी यो दर सहमतिका आधारमा तय गरिएको हो ।

ट्रेड युनियनले २१ हजारको माग राखेका थिए भने रोजगारदाता १९ हजार ५ सयमै अडिएका थिए । अन्तिममा ५० रुपैयाँ थपेर १९ हजार ५५० मा सहमति बनेको हो ।

सरकारले अब तय भएको नयाँ न्यूनतम तलब सबै क्षेत्रमा कार्यान्वयन गर्न नीतिगत रूपमा आवश्यक पहल गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077