Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आजबाट एकीकृत समाजवादीमा समाहित हुँदै वामदेव गौतम

आजबाट एकीकृत समाजवादीमा समाहित हुँदै वामदेव गौतम

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम आजबाट नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएका छन् ।

राष्ट्रिय सभा गृहमा एक समारोहको आयोजना गरी दुई पार्टीबीच आज दिउँसो २ बजे एकताको घोषणा गरिने भएको हो ।

असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकता गर्ने गरी हस्ताक्षर गरेका थिए ।

एकीकृत समाजवादीले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ ।

२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि गौतमले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै २०७८ भदौ १८ गते पार्टी छाडेका थिए। नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका बेला गौतमले पनि एमाले परित्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077