Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

श्रमिकको तलब बढेपछि प्रधानमन्त्री भन्छन् - श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन

श्रमिकको तलब बढेपछि प्रधानमन्त्री भन्छन् - श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् ।

श्रमिकको न्यूनतम पारिश्रमिक बढेपछि उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने बताउँदै उनले श्रमिकको भविष्य सुरक्षित गर्न केही पाइला चालेको सुनाए ।

‘श्रमबिना प्रगति सम्भव छैन र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन,’ उनले भने, ‘सरकारले हिजो साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ।’

श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने भन्दै उनले यसअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेको र त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077