Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

'मिसन ८४' का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भयो : शंकर पोखरेल

'मिसन ८४' का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भयो : शंकर पोखरेल

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले 'मिसन ८४' का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक रहेको बताउँदै त्यो सुनिश्चित भएको जिकिर गरेका छन्।

उनले लेखेका छन्, 'विधि निर्माणको अन्योल अन्त्य भएको छ। 'मिसन ८४' का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।'

बिहीबार अबेरसम्म बसेको नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ। सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077