Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

परराष्ट्रमन्त्रीलाई रोकेर तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

परराष्ट्रमन्त्रीलाई रोकेर तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साउन महिनामा फेरि विदेश भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री ओली साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जान लागेका हुन्।

भूपरिवेष्ठित विकाशसील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुँदै छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको यो निकायको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अभाजा जाने भएका हुन्।

प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियायाको भियनामा भएको थियो।

पहिलो सम्मेलन भने अर्को मध्य एसियाली मुलुक कजाखस्तानको राजधानी अल्माटीमा सन् २००३ मा आयोजना गरिएको थियो।

समुद्रसँग पहुँच अभावका कारण विश्वव्यापी बजारबाट टाढा रहेका, पर्याप्त यातायात र खाद्यान्नका लागि आवस्यक पूर्वाधार अभावजस्ता चुनौती सामना गरिररहेका यी मुलुकबीच साझेदारीमार्फत समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघले यो समूहको स्थापना गरेको हो।

‘एलएलडीसी’मा रहेका विश्वका ३२ वटा भूपरिवेष्ठित–विकाशील मुलुक आबद्ध छन्। यसमा एसियाबाट १२, अफ्रिकाबाट १५, युरोप र दक्षिण अमेरिकाबाट २–२ देशमा छन्।

एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्।

सबैभन्दा धेरै अफ्रिकी मुलुक बोत्स्वाना, इश्वातिनी, इथियोपिया, लेसोथो, मलावी, माली, नाइजर, रुवाण्डा, दक्षिण सुडान, युगाण्डा, जाम्बिया, जिम्बावे, सेन्ट्रल अफ्रिकल रिपब्लिक, चाड र बुर्किनाफासो छन्।

युरोप र दक्षिण अमेरिकाबाट दुईरदुई देश तथा युरोपका नर्थ म्यासेडोनिया र रिपब्लिक अफ मोल्दोभा (युरोप), दक्षिण अमेरिकाका बोलिभिया र पाराग्वे छन्।

प्रधानमन्त्री ओली यसअघि संयुक्त राष्ट्रसंघकै विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन (१५–१९ असार) मा भाग लिन स्पेन पुगेका थिए। सम्मेलन स्पेनको सेभिल्लामा भएको थियो।

स्रोतका अनुसार सेभिल्ला (स्पेन) मा भएको सम्मेलनमा प्रधानमन्त्री ओली र अभाजा (तुर्कमेनिस्तान) मा हुने सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तय भएको थियो ।

तर, तुर्कमेनिस्तानमा हुने सम्मेलनमा पनि प्रधानमन्त्री ओलीले आफू नै जान चाहेकाले परराष्ट्रमन्त्री देउवाले नेतृत्व गर्न नपाउने परराष्ट्र मन्त्रालयका एक अधिकारीले दावी गरे ।
प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भएकाले तुर्कमेनिस्तान भ्रमण दलमा परराष्ट्रमन्त्री डा. देउवा सहभागी नहुने पनि स्रोत दावी गर्छ ।

यद्यपी प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने औपचारिक घोषणा भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077