Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

ओलीको नेतृत्वमा पारित भएका दस्तावेजमाथि बहस जरुरी छ : कर्ण थापा

ओलीको नेतृत्वमा पारित भएका दस्तावेजमाथि बहस जरुरी छ : कर्ण थापा

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्माको नेतृत्वमा पारित भएका दस्तावेजहरूमाथि बहस आवश्यक रहेको बताएका छन्।

पार्टी विधिबाट सञ्चालन गर्नुपर्ने भन्दै उनले बिहीबार बसेको पार्टी सचिवालय बैठकले पदाधिकारी संख्या घटाउने, उमेरहद ७० वर्षे प्रावधान खारेज गर्ने, कार्यकारी पदमा २ कार्यकाल मात्र बस्न पाउने व्यवस्था खारेज गर्नेसहितका दस्तावेजहरूमाथि बहस आवश्यक रहेको बताएका हुन्।

एमालेको सचिवालयको बैठकपछि आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै उनले भनेका छन्–‘कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौँ। आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔँ । मर्यादा र सिष्टताका सीमालाई सबैले पालना गरौँ।’

लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने भन्ने गम्भीर बहसको सुरूवात भएको पनि उनले बताएका छन् ।

यस्तो छ थापाको फेसबुक स्टाटस
लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदिय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ, एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौ । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाउ । मर्यादा र सिष्टताका सिमालाई सबैले पालना गरौ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077