काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरू भएको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसो पोलिटब्यूरो बैठक सुरू भएको हो ।
बैठकमा बिहीबार बसेको सचिवालय बैठकबाट आएका प्रस्तावमाथि छलफल हुनेछ। सचिवालय बैठकले ७० वर्षे उमेर हद हटाउनुका साथै अध्यक्ष हुने दुई वर्षे कार्यकाल पनि हटाउने प्रस्तावलाई अनुमोदन गरेको छ।
सोही विषयमा पोलिटब्यूरो बैठकमा छलफल हुने बताइएको छ । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्नेछ । ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव त्यहाँ प्रस्तुत गरिनेछ ।
आउँदो भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनबाट उक्त प्रस्ताव पारित गरिएपछि उमेरहद र कार्यकालसम्बन्धी नयाँ प्रावधान कार्यान्वयनमा ल्याइनेछ ।