Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आफ्ना पुराना सहकर्मीलाई भित्र्याउँदै माधव नेपालले भने–एमालेसँग एकता सम्भव छैन

आफ्ना पुराना सहकर्मीलाई भित्र्याउँदै माधव नेपालले भने–एमालेसँग एकता सम्भव छैन

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् ।

आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा भित्र्याउँदै उनले एमालेकै नेताहरूबाट आएका अभिव्यक्ति पनि आफ्नो पार्टी सक्काउने र प्रहार गर्ने गरी आइरहेको बताए ।

उनले भने–‘यो पार्टीसँग उसको संलग्नको कुरा गर्ने हो भने त्यहाँका नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, यो पार्टी कसरी सक्काउने, कसरी प्रहार गर्ने भन्ने उनीहरूले भनिरहेको हामीले बुझिरहेका छौं । यो पार्टीलाई बलियो बनाउनका लागि आजको घटनाले निकै राम्रो भूमिका खेल्ने छ ।’

आफ्नो पार्टीको शक्तिका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको भनाई थियो ।

उनले भने–‘विचार सिद्धान्त मिलेको खण्डमा अरु कुरा पनि मिलेको खण्डमा त्यस्ता त्यस्ता समूहसँग मिलेर पनि अघि जानसक्छौं । हामी त्यसलाई पहिलो महत्व दिँदैनौं । पहिलो महत्व आफ्नो पार्टी एक बनाउन लाग्छौं । आफ्नो पार्टी बलियो भयो भने मात्रै अरुसँगको एकता सार्थक र अर्थपूर्ण हुन्छ । हाम्रो पार्टीको शक्तिको कारणले पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077