काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताएका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यो विषयमा पार्टीले उचित निष्कर्ष निकाल्ने पनि जानकारी दिए।
उनले भने–‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, यो देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो । यसमा उचित समयमा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ ।’
[insert page='357041' display='yopanipadhnuhos.php']
प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पनि यस्तै निष्कर्ष र अव्यिक्ति दिएका थिए । जसका कारण वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग चर्काचर्की नै परेको थियो ।
[insert page='357049' display='yopanipadhnuhos.php']