Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पटनाको अस्पतालभित्रै कैदीको गोली हानी हत्यापछि पाँच प्रहरी निलम्बन

पटनाको अस्पतालभित्रै कैदीको गोली हानी हत्यापछि पाँच प्रहरी निलम्बन

आइतवार , श्रावण ४, २०८२

एजेन्सी । भारतको बिहार राज्यको राजधानी पटनास्थित पारस अस्पतालभित्रै उपचाररत कैदीको गोली हत्यापछि ५ प्रहरीलाई निलम्बन गरिएको छ ।

सुरक्षाको गम्भीर चूक भएको भन्दै शनिबार बिहार प्रहरीले ड्युटीमा खटिएका पाँच प्रहरीलाई निलम्बन गरेको हो । उनीहरूमाथि अस्पतालमा उपचाररत कैदीको सुरक्षामा गम्भीर लापरवाही गरेको आरोप छ ।

बिहीबार दिनदहाडै पाँच जनाको समूहले अस्पतालभित्रको कोठामा प्रवेश गरी कैदी चन्दन मिश्रालाई गोली हानी हत्या गरेका थिए ।

घटनाको सीसीटीभी फुटेजमा देखिएअनुसार हत्यारा समूहले मास्कसमेत नलगाई अस्पतालको कोठामा सिधै प्रवेश गरी पेस्तोल झिकेर मिश्रामाथि गोली वर्षाएका थिए।

गोली प्रहारपछि उनीहरू कुनै हतार वा त्रास बिना अस्पतालबाट निस्किएर फरार भएका थिए। घटनापछि अस्पताल प्रशासन, प्रहरी र राज्य सरकारको संवेदनशीलतामाथि चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077