Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भियतनाममा डुंगा पल्टिदाँ ३४ जनाको मृत्यु

भियतनाममा डुंगा पल्टिदाँ ३४ जनाको मृत्यु

आइतवार , श्रावण ४, २०८२

एजेन्सी । भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन् ।

लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा डुंगा दुर्घटना भएको हो । डुंगामा अधिकांश हनोईबाट आएका भियतनामी नागरिक रहेको बताइएको छ ।

पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो। सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटनास्थलमा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077