काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २१ अर्बभन्दा बढीको कारोबार भएको छ
। आइतबार नेप्सेमा २१ अर्ब ४६ करोड ४९लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
आजको कारोबार रकम ११ महिना (२०८१ भदौ २गते) यताकै उच्च हो ।
गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ।
आइतबारको कारोबारमा नेप्से परिसूचक भने घटेर बन्द भएको छ । आज नेप्से २.८७ अंकले घटेर २ हजार ८ सय ६७ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।
आजको कारोबारमा १०५ कम्पनीको शेयरमूल्य बढ्दा १४४ वटाको घटेको छ । आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
जसमा उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले पनि सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ८.८८ प्रतिशतले घटेको छ ।
नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९८ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत घटे । अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत बढे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् । सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८, नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत मूल्य बढ्यो ।
समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.८८ प्रतिशत घट्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ४.६१, पन्चकन्या माइ हाइड्रोपावरको ४.५१ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।